पहिलो पटक नेपालमा ‘कमेडी च्याम्पियन’ हुँदै

काठमाडौं । पहिलो पटक नेपालमा ‘कमेडी च्याम्पियन’ हुने भएको छ । भदौबाट शुरु हुने ‘कमेडी च्याम्पियन’मा निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक रहनेछन् ।

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कार्यक्रमलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । कार्यक्रमको होस्ट रिमा विश्वकर्माले गर्नेछिन् ।

‘३ प्रोडक्सन’ले निर्माण गर्ने ‘कमेडी च्याम्पिएन’ फ्रेन्चाइज ‘शो’ भने होइन । २४ श्रृंखला प्रशारण हुने कार्यक्रमको शुरुमा डिजिटल अडिसन लिइने छ । डिजिटल अडिसनमा सहभागी हुन् सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजकलाई पठाउनु पर्ने छ । गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पिएनको एप मोवाइलमा डाउनलोड गर्नु पर्नेछ ।

नेपालबाट सम्पादन नगरिएको तीन मिनटको स्ट्यान्डप कमेडी भिडियो र विदेशबाट पाँच मिनटको भिडियो पठाउनु पर्नेछ । डिजिटल अडिसनबाट छनोट भएकालाई फिजिकल अडिसनका कल गिरने छ ।

डिजिटल अडिसनबाट छनोट भएकाहरुमध्येबाट छनोट गर्न फिजिकल अडिसन लिन मुख्य सहरहरुमा जाने कार्यक्रम रहेको छ । अडिसन राउन्डपछी टप २५ छनोट हुनेछन् जसबाट क्रमशः १५ र ३ छनोट हुनेछन् । टप ३ बाट विजेता चयन गरिनेछ । २५ भाग प्रशारण हुने ‘शो’को १४ श्रृंखलामा मात्रै निर्णायक देखिनेछन् ।

विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । “चलचित्रमा पनि राम्रो कमेडी गर्ने कमेडियन चाहिएको छ । यो ‘शो’ले केमेडियनको अभाव हटाउँछ भन्ने विश्वास छ,” निर्णायकसमेत रहेका निर्देशक भट्टराईले भने, “मेरा आफ्नै चलचित्रका लागि कमेडियन चाहिएको छ । राम्रो गर्नेलाई अवसर दिन्छु ।”

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस