लिबियामा मारिने आप्रवासीको संख्या ५३ पुग्यो

ट्रिपोली । लिबियामा गएको मंगलबार विद्रोहीको आक्रमणमा परेर मृत्यु हुने आप्रवासीको संख्या ५३ पुगेको छ । संयुक्त राष्ट्र संघको स्थानीय कार्यालयले सो कुरा जनाएको हो ।

बुधबार संयुक्त राष्ट्र संघको मिसनले घटनास्थलको भ्रमण गरेको थियो । राष्ट्र संघले हिरासतमा लिएका अन्य व्यक्तिलाई छोड्न र उनीहरुलाई सुरक्षित स्थानमा लग्न आग्रह गरेको छ ।

सो घटनामा परेर सन्तोष श्रेष्ठ नामका लमजुङका एक जना नेपालीको मृत्यु भएको छ भने ८ जनालाई नेपाल फर्काइएको छ । अन्य ६ जना नेपाली स्वदेश फर्किनका लागि अहिले विमानको उडान कुरेर लिबियामा नै बस्दै आएका छन् ।

लिबिया मामिला हेर्ने नेपालको इजिप्टस्थित दूतावासका कार्यवाहक राजदूत सुजन बिडारीले अहिले थाहा भएका  बाहेकका नेपाली पनि त्यहाँ हुन सक्ने बाह्रखरीसँगको कुराकानीमा बिहीबार जनाएका थिए ।
टर्की हुँदै नेपाली फर्काइएका नेपालीमा पूर्ण प्रकाश अधिकारी, राजकुमार गुरुङ्ग, दिनेश बस्नेत, नेत्र भट्टराई, सञ्जय अधिकारी, सुनिल डगोरा, दिलीप बीके र सरोज बीके हुन् ।

यसैगरी केही दिनपछि स्वदेश फर्किनका लागि उडान कुरेर बसेका ६ जना नेपालीमा शिव बीके, अर्पण अधिकारी, चित्र ओली, ललित साउद, राजकुमार बस्नेत र रमेशकुमार मिश्र रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस