होण्डुरसमा डुंगा डुब्दा कम्तिमा २६ जनाको मृत्यु

काठमाडाैँ । होण्डुरसमा माछा मार्न गएका मानिसहरु चढेको डुंगा डुब्दा कम्तिमा २६ जनाको ज्यान गएको छ ।

होण्डुरसको तटीय क्षेत्रमा माछा मार्न गएका मानिसहरु चढेको डुंगा डुबेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकर्मीले ४७ जनालाई सकुशल उद्धार गरेका छन् ।

होण्डुरसको पूर्वी क्षेत्र मोस्क्वीटीको क्यारबियन तटमा डुंगा डुबेको हो । सरकारले माछा मार्न लगाएको प्रतिबन्ध फुकुवा गरेपछि ७० टनको डुंगामा मछुवारहरु माछा मार्न गएका थिए । डुंगा डुब्नुको कारण खुलेको छैन र यसबारे अनुसन्धान सुरु भएको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस