नबिल बैंकका ग्राहकलाई बिराटनगर अस्पतालमा विशेष छुट मिल्ने

काठमाडौं । नबिल बैंकका ग्राहकलाई बिराटनगर  अस्पतालमा विशेष छुट मिल्ने भएको छ । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बिराटनगर  अस्पतँलमा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र बिराटनगर  अस्पतँल (बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) बीच सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम बिराटनगर  अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ । नबिल बैंकका बिराटनगर शाखाका शाखा प्रबन्धक राजेश दासले ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने प्रयासको निरन्तरता स्वरुप बिराटनगर अस्पतालसँगको सम्झौताले नविलका कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने विश्वास लिएको बताए ।

त्यसैगरी, बिराटनगर अस्पतालका निर्देशक सुनिल तपरियाले नेपाली नागरिकहरुलाई अधिक सेवा पु¥याउने प्रतिबद्धता अनुरुप नबिल बैंकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको साथै यस सम्झौताले थप एक कदम अगाडी बढ्न मद्दत पुगेको विश्वास अस्पतँलले लिएको बताए ।

४०० बेड सहितको बिराटनगर अस्पतालले १९ बर्ष देखि गुणस्तर एकीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस