बूढीगण्डकी जलविद्युत् आयोजना : पुनर्वास नीति निर्माण अन्तिम चरणमा

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रका सीमान्तकृत वर्गलाई घर र गोठसमेत उपलब्ध गराउनेगरी पुनर्वास नीति निर्माण अन्तिम चरणमा पुगेको छ । हाल भाषा सम्पादनको क्रममा रहेको नीतिको मस्यौदा डेढ महीनाभित्र मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका सहसचिव एवम् बूढीगण्डकी जलविद्युत् आयोजनाको पुनर्वास कार्यक्रमका ‘फोकल पर्सन’ दिलीप सडौलाले नीतिको मस्यौदा बनाउने क्रममा आयोजना प्रभावित क्षेत्रका बासिन्दा, विज्ञ, राजनीतिकर्मी लगायत विभिन्न समूहसँग अलग–अलग र संयुक्त गरी पाँच चरणमा परामर्श गरिएको बताए । सबैका सुझाव समेटी मस्यौदा तयार पारिएकाले नीतिमा सहमति जुट्ने विश्वास रहेको बन्दै उनले नीतिमा सीमान्तकृतका लागि खुला दिलले विशेष व्यवस्था गर्न खोजिएको बताए ।

सडौलाका अनुसार पुनर्वासका लागि स्थान तय गर्दैगर्दा नीतिमै व्यवस्था गरी विपन्न, दलित, आदिवासी, अपांग आदिका लागि घर, गोठसमेत दिन खोजिएको छ । आयोजना प्रभावित कुल ८ हजार ११७ घरधुरीमध्ये भौतिक संरचना नै प्रभावित हुनेमा ३ हजार ५६० घरधुरी छन् । उठीवास नै हुने ती घरधुरीका लागि उपयुक्त स्थान खोजी भइरहेको छ । त्यसमध्ये पनि तोकिएका वर्गमा पर्नेहरूका लागि भने संरचना नै निर्माण गरेर हस्तान्तरण गरिने मस्यौदामा उल्लेख छ ।

उक्त आयोजनाको सम्भाव्यता अध्ययन एवम् विस्तृत डिजाइन प्रतिवेदनमा आयोजनाबाट घरवास नै विस्थापित हुनेहरूका लागि पुनर्वास एवम् पुनःस्थापनाको व्यवस्था गर्ने उल्लेख छ । फ्रान्सेली कम्पनी ‘ट्र्याक्टबेल’ले तयार पारेको उक्त प्रतिवेदनमा यस शीर्षक अन्तर्गत विभिन्न ६ उपशीर्षकमा गरी कुल ९ अर्ब ८३ करोड ७६ लाख ३५९ रुपैयाँ लाग्ने उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस