नाङ्गो शरीरमा कुनै सौन्दर्य रहँदैन

राधा पाेखरेल

जंगली युगमा मान्छे नाङ्गै बस्थे । पशुवत चेतना र जीवन थियो मान्छेको । आजजस्तो सामाजिक नियम, कानुन, मर्यादा, ढोंग, बन्धन केही थिएन । साँच्चै निर्बन्ध थियो मान्छे । पशु जस्तै ।

विश्वबन्धुत्वको भाव र मानवतावाद क्षीण हुँदै गइरहेको छ । सामाजिक सीमा र मर्यादा उलंघन हुने क्रम बढ्दो छ । संस्कृतिको नाममा विकृति मौलाउँदो छ । मान्छेले आफूलाई सामाजिक प्राणीको रूपमा भन्दा केवल एउटा स्वतन्त्र व्यक्तिको रूपमा जीउनमा आनान्दानुभूति गर्न थालेका छन् । व्यक्तिको स्वतन्त्रता पक्कै सर्वोच्च हुनुपर्छ । तर, मान्छे सामाजिक प्राणी हुनाको नाताले उसको व्यक्तिगत स्वतन्त्रता, सामाजिक हित अधीनस्थ पनि हुनैपर्छ । नत्र मान्छे जंगली युगमा नै फर्कनेछ ।

हाम्रो समाज पनि परिवर्तनको बाटोमा तीब्र गतिले दगुरिरहेको छ । कैयौं सकारात्मक परिवर्तनसँगसँगै केही नकारात्मक परिवर्तन पनि देखिएका छन् । जसको नियन्त्रणमा आजैदेखि लाग्नु सबै जिम्मेवार नागरिकको कर्त्तव‍य हो ।

हाम्रो संस्कृति, कला, साहित्यको बेइज्जत गर्नमा नारीहरूको शारीरिक सुन्दरता प्रयोग भइरहेको छ । कतिपय नारीहरू पनि त्यसैलाई नारी स्वतन्त्रता बुझेर गौरव गरिरहेका छन् । स्वतन्त्रता भनेको सर्बांग अंग प्रदर्शन हो? पक्कै होइन । यो एक प्रकारको उपभोक्तावाद हो । के नारी उपभोगको साधन हो ? नारीलाई नंग्याएर वा नारी आफु स्वयं नांगिएर नारीको सम्मान बढ्छ ? नारी स्वतन्त्रता सुनिश्चित हुन्छ ? किन हामी यस्तो विनाशका बाटो हिंडिरहेका छौं ?

यस पुरूषप्रधान समाजमा तपाईंहरूको नग्न शरीर र कामुक हाउभाउ देख्दा जुन ताली र प्रसंशाको बर्षा हुन्छ, बाहिर त्यसको सयगुणा बढी निन्दा र भत्सर्ना हुन्छ । बाहिर छोटो कपडामा नारी सुन्दरता देख्ने पुरूषहरू घरमा सकेसम्म बुर्काभित्र देख्न चाहन्छन् नारीलाई । पुरूषको यस्ता संकीर्ण सत्ता विरूद्ध संघर्ष गर्नैपर्छ । तर, सीमा नाघेर होइन ।
तपाईंहरूले आफूलाई बोल्ड र आधुनिक नारी पनि भन्न सक्नुहोला ।
तर, अन्ततः तपाईंहरूको क्रियाकलापले नारीलाई केवल भोग्या र पुरूषको मनोरञ्जनको साधन नै बनाउने छ । के यो हामी नेपाली नारीहरूका लागि सुखद कुरा हो ? कृपया एकचोटि निधार खुम्च्याएर सोंच्ने कि ?

मेरो प्रश्न छ उहाँहरूलाई- तपाईंहरूले कस्तो संस्कार दिन चाहनुभएको हो भावी पुस्तालाई ? अनि कस्तो सन्देश दिन चाहनुभएको हो नेपाली समाजलाई ?

अन्तमा, मेरो विनम्र अनुरोध छ- सर्वाङ्ग नांगिन पाउनु नारी स्वतन्त्रता हो र ? नाङ्गो शरीरमा कुनै सौन्दर्य रहँदैन । तसर्थ, सामाजिक मर्यादा र सीमाभित्र रही व्यक्तिगत स्वतन्त्रता उपभोग गर्ने कि ?

(नियत भनाैँ या बदनियतपुर्ण कतै न कतै नेपाली समाज यतातिरै धकेलिँदै छ ।)

बारेमा news

यॊ पनि हेर्नुहॊस

[विचार] विपीलाई बोलीमा होइन व्यवहारमा मानौँ

विपी कोइराला बहुआयामिक व्यक्तित्व थिए । कलकत्ता विश्वविद्यालयमा कानूनी अध्ययन सँगै उनी राजनीतिमा सक्रिय रहे । विपीमा राजनीतिक स्थिरता थियो । उनी अस्थिर थिएनन् । असहिष्णु पनि थिएनन् । उनी विचारको आलोचना एकतर्फी ढंगमा गरिनुहुँदैन भन्ने मान्यता राख्दथे । कुनैपनि देशको मूलनीति नै राजनीति हो ।

प्रतिकृया दिनुहॊस