सांसदको आरोप–पारमाणविक विधेयक ‘भेस्टेड इन्ट्रेस्ट’बाट आयो

काठमाडौं । सांसद दिव्यमणि राजभण्डारीले ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कसैको ‘भेस्टेड इन्ट्रेस्ट’ आएको आरोप लगाएका छन्।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफल चलिरहेको सो विधेयकमाथि आफ्नो धारणा राख्दै राजभण्डारीले पारमाणविक पदार्थको प्रयोगतिर जाने हो भने आफूले जनमत संग्रह गर्न आग्रह गरेको स्मरण गराए।

‘मलाई के लाग्छ भने जुन तरिकाले यो विधेयक आएको छ। कसैको भेस्टेड इन्ट्रेस्टबाट आएको छ’, उनले भने, ‘यसबाट हामी तर्सिनुपर्छ।’ राजभण्डारीको आरोपलाई सांसद खगराज अधिकारीले प्रतिवाद गरेका थिए।

‘हामीमा आएको जागरणपछि विधेयक नै भेस्टेड इन्ट्रेस्टबाट आयो भनियो भने त्यो जागरणलाई पनि त्यही जवाफ फर्काइयो भने कहाँ पुगिन्छ होला’, अधिकारीले भने, ‘हामीले राम्रै काम गर्दा पनि भेस्टेड इन्ट्रेस्ट भन्ने आरोप लाग्ने भयो।’

सत्तारुढ दल नेकपाका सांसद देव गुरुङले यो विषय नेपाल रहने कि नरहने भन्ने विषयसँग जोडिएको बताए।

‘विकसित मुलुकहरुले आणविक भट्टी आफ्नो मुलुकमा खोल्न चाहेनन्। बरु तेस्रो विश्वमा खोल्नका लागि प्रोत्साहन गरिरहेका छन्। किनभने यसमा जोखिम छ। प्रयोग गर्ने र जोखिमचाहिँ तेस्रो विश्वका मुलुकलाई थोपरिरहेका छन्। यो अहिलेको अन्तराष्ट्रिय नियति हो’, उनले भने, ‘यस्तो अवस्थामा नेपालजस्तो मुलुकले युरोनियम उत्पादन र बिक्री गर्ने प्रक्रियामा जाँदा नेपाल बच्छ कि बच्दैन?’

उनले आणविक भट्टी र अस्त्र तयार गर्ने र त्यो पनि निजी क्षेत्रलाई दिने कुराको विरोध गरे। उनले यस्तो विषय नेपाल सिध्याउने कुरा भएको बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस