सिटिजन्स बैंकद्वारा वृक्षारोपण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवस र वृक्षारोपण वर्ष २०७६ को अवसरमा वन तथा वातावरण मन्त्रालयको अगुवाईमा संचालन गरेको वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएको छ ।

कोटेश्वर—कलंकी चक्रपथ सडक किनारमा सौन्दर्यमूलक रूखहरू रोप्ने कार्यक्रम संचालन गरिएकोमा बैंकको सहयोगमा ग्वार्को शाखादेखि दक्षिणतर्फ ५०० मिटरसम्ममा १०० वटा कल्की फूलका बिरुवाहरू रोपिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्वार्कोमा कल्की फूलको बिरुवा रोपेर नेपाल सरकारले थालनी गरेको एक वर्षमा देशभर तीनदेखि पाँच करोड बिरुवा रोप्ने अभियानमा सहभागिता जनाए । बैंकका करिब १०० जना कर्मचारीहरूको अग्रसरतामा सो क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

आर्थिक सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन, सहरी सौन्दर्य प्रवद्र्धन तथा प्रदुषण नियन्त्रणका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत गरिएको यस कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो बैंकले आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस