व्यापारी र स्थानीयले सडकमै धान रोपेर जनाए विरोध

भद्रपुर । आज असार १५ गते अर्थात् धान दिवस। धान दिवसका दिन कृषकहरू हर्सोउल्लासका साथ खेतमा गएर धान रोपेर दिवस मनाउँदै आइरहेको दृश्य जताततै देख्न पाइन्छ। तर, झापा बिर्तामोडका व्यापारी र स्थानीयहरूले आइतबार धान दिवस फरक ढगले मनाएका छन्। उनीहरू खेतमा नगएर हिलाम्मे सडकमै धान रोपेर दिवस मनाएका हुन्।

सडकको धुलो र हिलोबाट पीडित बिर्तामोडका व्यापारी र स्थानीयले निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै पानी जमेको हिलाम्मे सडकमै धान रोपेर विरोध जनाएका छन्। बिर्तामोडको मुक्तिचोकदेखि सदरमुकाम भद्रपुर जोड्ने चार लेनको सडक खण्डको निर्माण कार्य १४ महिनाअघि सुरु भएको थियो। निर्माण कम्पनी र सम्बन्धित निकायले निर्माण कार्यमा ढिलासुस्ती गर्दा सो सडक खण्डको अवस्था बिजोग बनेको छ।
हिउँदमा धुलो पीडित बनेका यहाँका जनता मनसुन सुरु भएपछि थप मारको परेको स्थानीय व्यापारी सन्तोष अग्रवालले जानकारी दिए। ‘अहिले ठाउँ–ठाउँमा पानी जमेको छ, पसल अगाडी जताततै सडक हिलाम्मे भएको छ’, व्यापारी अग्रवालले भने, ‘भद्रपुर रोडको यस्तो दुर्दशालाई सरकार समक्ष पुर्याउन यहाँका जनताले विरोध स्वरूप सडककै धान रोपेको हो।’

असार १५ मा खेतमा धान रोप्नु पर्नेमा हामी बाध्य भएर सडकमै धान रोप्नुपरेको बताउँदै उनले भने, ‘अब पनि सडक निर्माणमा ढिलासुस्ती भए व्यापारी सडकमै उत्रिएर अवरोध गर्छ।,

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब घरको डाक्टरले दिनेछन् घर निर्माण लागत घटाउने परामर्श

काठमाडौं । घर तथा बिल्डीङ्ग निमार्ण सम्बन्धि चुनौतीहरूको पहिचान र समाधान गर्न विगत छ वर्ष …

प्रतिकृया दिनुहॊस