प्रजनन स्वास्थ्य बढाउने प्राकृतिक उपाय

काठमाडाैँ । हिजोआजको जीवनशैली र खानपानका कारण धेरै युवाहरूमा बाँझोपन र वीर्यक्षयको समस्या बढ्दै गइरहेको छ । योगगुरु रामदेवका अनुसार निःसन्तानको समस्याको उपचारका लागि अन्धविश्वासमा फस्नुभन्दा प्राकृतिक तरिका अपनाउनु राम्रो हुन्छ ।

वीर्यक्षमता बढाउनका लागि हलुका व्यायाम गर्ने, बिहान उठेर दौडने, स्वस्थ आहार लिने, गलत बानी नअपनाउने र केही आयुर्वेदिक औषधि तथा योगासन अपनाउने गर्नुपर्छ ।

दिनदिनै बिहानबेलुका मनतातो दूधका साथ छोकडा खाँदा कमजोरी हट्छ र तागत बढ्छ ।

दिनदिनै बिहानबेलुका एक टुक्रा सक्खर खानुस् अनि मनतातो दूध पिउनुस् । तागत बढ्छ ।

चन्द्रप्रभावटीको एक एक चक्की बिहानबेलुका दूधका साथ लिँदा पनि तागत बढ्छ ।

शिलाजितको एक एक चक्की दूधका साथ बिहान बेलुका खाँदा पनि कमजोरी हट्छ र रोग पनि लाग्न पाउँदैन ।

यौवनामृत वटी एक एक चक्की दूधका साथ बिहान बेलुका खाँदा पनि कमजोरी हट्छ ।

कपालभाती प्राणायाम गर्दा शरीरको तल्लो भागमा रक्तप्रवाह राम्ररी हुन पाउँछ । वीर्यक्षमता पनि बढ्छ ।

नियमित शीर्षासन गर्दा शरीरमा रगत राम्ररी प्रवाहित हुन्छ । कमजोरी र बाँझोपन हट्छ ।

दिनदिनै बिहान दश मिनेट सर्वांगासन गर्दा पनि शारीरिक बल वृद्धि हुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस