गिजुभाइको ‘बालसंसार’ नेपालीमा

काठमाडौं । प्रसिद्ध भारतीय शिक्षाविद् गिजुभाइको पुस्तक ‘बालसंसार’को नेपाली अनुवाद प्रकाशित भएको छ।

बालकथाकार एवं लेखक विष्णुकुमारको अनुवादमा पुस्तक प्रकाशित भएको हो। शिक्षा दर्शन र बाल मनोविज्ञानका विषय समेटिएको पुस्तकले बालकालिकाको संसारबारे नयाँ आयामले जानकारी दिने अनुवादक विष्णुकुमारले बताएका छन्।

उनका अनुसार पुस्तक शिक्षक तथा अभिभावकका लागि उपयोगि हुनेछ। ‘बालबालिका के चाहन्छन् ? उनीहरूसँग कस्तो व्यवहार गर्ने ?’ उपशिर्षक दिइएको पुस्तक १ सय ३६ पृष्ठको छ।

अनुवादक एवं लेखक विष्णुकुमारका पाँच दर्जजभन्दा बढी बालपुस्तक प्रकाशित छन्। पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो।

यससँगै गिजुभाइका अन्य पुस्तक पनि नेपाली पाठककका लागि अनुवाद गरिने प्रकाशकले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस