फिफा महिला विश्वकप : आयाेजक फ्रान्सलाई हराउँदै अमेरिका सेमिफाइनलमा

काठमाडाैँ । साविक विजेता अमेरिका फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । शनिबार भएको खेलमा आयोजक फ्रान्सलाई २–१ ले हराउँदै अमेरिका सेमिफाइनलमा पुगेको हो ।

अमेरिकाको जितमा दुवै गोल मेगान रापिनाईले गरेकी थिइन् । उनले दुवै हाफमा एक-एक गोल गरिन् । पाँचौं मिनेटमा उनले प्रहार गरेको लो फ्रिकिक खेलाडीको हुल छिचोल्दै गोलमा परिणत भयो । ६५औं मिनेटमा टोबिन हिथलेको पासमा रापिनोईले गोल गर्दै अमेरिकालाई दुई गोलको अग्रता दिलाइन् ।

पहिलो हाफमा एउटा सट पनि टार्गेटमा हान्न नसकेको फ्रान्सले दोस्रो हाफमा भने विन्डी रोनार्डको हेडर गोलका कारण फ्रान्समा आशा जागेको थियो । तर थप गोल हुन नसक्दा अमेरिका सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा अमेरिकाले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस