खोलाले बगाउँदा दुई वर्षीय बालकको मृत्यु

संखुवासभा । मकालु गाउँपालिकामा खोलाले बगाउँदा दुई वर्षीय बालकको मृत्यु भएको छ। मकालु–२ बुङगिङका चिङगु शेर्पाका छोरा दुई वर्षीय पेम्बा नुर्वु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

शेर्पा दम्पती बिहीबार छोरा र छोरीलाई घरमा छाडेर च्याक्सेडाडाँ बजार गएका थिए। उनीहरू राति घर फर्केर आउँदा घरमा छोरी मात्र भेटिएकी थिइन्। प्रहरी र स्थानीयले खोजतलास गर्दा  ५०० मिटर तल बालकलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस