अचम्मको रोग : जसले पुरुषको आवाज सुन्न सक्दिनन्

एजेन्सी । एकजना महिलाको यस्तो समस्या छ कि त्यस्तो समस्या भएकी सायद उनी दुनियाँकै एकमात्र महिला हुन सक्छिन् । समाचार अनुसार ती महिलाले पुरुषको आवाज सुन्न सक्दिनन् । चेन नामकी महिला यस्तो अनौठो रोगसँग संघर्ष गरिरहेकी छन् । उनले केवल महिलाको मात्र आवाज सुन्न सक्छिन् । ती युवती आफ्नो ब्वायफ्रेण्डको आवाज सुन्न छाडेपछि त्यो समस्या लिएर अस्पतालमा पुगेकी थिइन् ।

डाक्टरका अनुसार उनको कानले अझैपनि न्यून आवृत्तिको आवाज सुन्न सक्दैन त्यसलाई reverse-slope hearing loss भनिन्छ ।

वास्तवमा पुरुषको आवाज न्यून फ्रिक्वेन्सीको हुने हुनाले उनले सुन्न सक्दिनन् । महिलाको आवाज चाहीँ पुरुषको भन्दा उच्च फ्रिक्वेन्सीको हुने भएको हुँदा उनले सुन्ने गर्दछिन् ।  ती महिला पहिले सामान्य नै थिइन् ।  तर एकदिन रातको समयमा उनको कानमा घण्टी बजेझैँ भयो । केही बेरपछि उनलाई बान्ता पनि हुन थाल्यो । त्यसपछि उनको कानले सुन्न छाड्यो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इजरायलले सुरु गर्‍यो इरानमाथि आक्रमण, विश्वबजारमा सुन र तेलको भाउ बढ्यो

काठमाडौं । इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । अमेरिकी अधिकारीहरूले एउटा इजरेली क्षेप्यास्त्र इरानमा …

प्रतिकृया दिनुहॊस