बलेको सुपरफास्ट माया सार्वजनिक (भिडियाे)

काठमाडौं । चर्चित गायक शिव परियार र मेलिना राईको स्वरमा रहेको गीत ‘फिलिलिली’ सार्वजनिक भएको छ। संगीतकार बादल घिमिरेको युटुब च्यानलबाट गीत सार्वजनिक भएको हो।

हास्य टेलिशृंखला भद्रगोलका ‘बले’ अर्थात सागर लम्साल र सिर्जना घिमिरेको उत्कृष्ट अभिनयले गीतको भिडियो निकै आकर्षक बनेको छ। भिडियोमा सागर (बले) को फरक रुप देख्न पाइन्छ।

दर्शकलाई हँसाउन माहिर सागर गीतमा रोमान्टिक रुपमा प्रस्तुत भएका छन्। उनकै जोडीको रुपमा सिर्जना घिमिरेको अभिनय पनि प्रशंसालायक छ। गीतको रचना सिर्जना घिमिरेले गरेकी हुन् । संगीतसंयोजन बादल घिमिरेले गरेका हुन्।

हेर्नुहोस् भिडियो…

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस