आगलागीमा आधा दर्जनभन्दा बढी ग्यास सिलिण्डर विस्फोट, तीन ओटा होटल जलेर नष्ट

धनुषा । जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आगलागीका कारण होटलमा राखिएको ग्यास सिलिण्डर पड्किँदा तीन ओटा होटल जलेर नष्ट भएको छ ।

कदम चोकमा रहेको गोविन्द मिष्टान्न भण्डारमा आगलागी भएको थियो । आगलागीमा परेर ग्यास सिलिण्डर पड्किँदा छेउको सियाराम मिष्टान्न भण्डार र अर्को एक होटलसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

होटेल भित्र एकैठाउँमा राखिएको आधा दर्जनभन्दा बढी खाना पकाउने ग्यासको सिलिण्डर क्रमशः विस्फोट भएको थियो । विस्फोटमा मानवीय क्षति भने भएको छैन ।

अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । गोविन्द मिष्टान्न भण्डारमा बिजुली सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस