दाहसंस्कार स्थल निर्माणमा मितेरी बैंकको सहयोग

धरान । धरानस्थित मितेरी डेभलपमेन्ट बैंकले डिजेल प्लान्टबाट शव जलाउने दाहसंस्कार स्थलका लागि आर्थिक सहयोग गरेको छ । धरान–१५, खत्रीधारामा निर्माणाधीन शव जलाउने डिजेल प्लान्टका लागि मितेरीले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

झिगु समाजले निर्माण शुरू गरेको प्लान्टका लागि बुधवार एक कार्यक्रमबीच बैंकका अध्यक्ष किसन मास्केसहित प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले समाजका अध्यक्ष सुरेन्द्रमान स्थापितलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । मितेरी बैंकका कार्यकारी अधिकृत वस्तीले जनताबाट निक्षेप संकलन गरेर, ऋण लगानी गरी नाफा कमाएको रकमको केही हिस्सा बैंकले समाजका लागि समर्पण गरेको बताए ।

दाहसंस्कार प्लान्ट २०६६ सालमा करीब १ करोड ६० लाख रुपैयाँको अनुमानित लागतमा निर्माण शुरू भएको थियो । अहिले आधा घण्टाभित्र शव जल्ने गरी दाहसंस्कार स्थल निर्माणको तयारी भइरहेको निर्माण समितिका संयोजक मोहनकाजी शाक्यले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस