इजिप्टका पूर्वराष्ट्रपतिको अदालतमै मृत्यु

कायरो । इजिप्टका चर्चित पूर्वराष्ट्रपति मोहम्मद मुर्सीको अदालत परिसरमा नैै मृत्यु भएको छ । त्यहाँको सरकारी टेलिभिजनले सो जानकारी गराएको हो । सन् २०१३मा सेनाले कु गरेपछि उनी सत्ताबाट बाहिरिएका थिए । समाचारमा जनाइएअनुसार अदालतको कार्यवाही प्रक्रियापछि उनी बेहोस भएका थिए । लगत्तै उनको मृत्यु भएको हो ।  उनी ६७ वर्षका थिए । मुर्सीमाथि जासुसीको आरोप रहेको थियो । उनको कार्यकालको एक सालपछि इजिप्टमा जनआन्दोलन शुरु भएको थियो । त्यसपछि सेनाले सत्ता लियो र उनी जेल हालिएका थिए ।

यसपछि सरकारी अधिकारीहरुले उनी र उनको मुस्लिम ब्रदरहुडका समर्थकको विरुद्धमा अभियान शुरु गरेको थियो । मुर्सीसँग सम्बन्धित मामिलाको सुनुवाई राजधानी कायरो स्थित अदालतमा चलिरहेको थियो । उनीमाथि प्यालेस्टाइन इश्लामी समूह (हमास)सँग जोडिएको सम्पर्क मार्फत जासुसी गरेको आरोप लगाइएको थियो । उनलाई एउटा पिंजरा जस्तो बस्तुमा हालेर अदालतमा लगिएको थियो ।  अदालतमा आफ्नो धारणा राखेपछि उनी बेहोस भएका थिए । इजिप्टका सरकारी वकिलका अनुसार मेडिकल रिपोर्टमा मुर्सीको शरीरमा कुनै चोटको निशान भने देखिएको छैन ।

जेलमा बन्दी रहेका मुर्सीको स्वास्थ्यमा धेरै अगाडि देखि नै चिन्ता व्यक्त गरिदै आएको थियो । गएको अक्टोबर महिनामा उनका कान्छा छोरा अब्दुल्लाले अमेरिकी समाचार समिति एशोसिएट प्रेस(एपी)लाई दिएको अन्तर्वार्तामा उनका बाबुलाई अलग्गै राखिएको र उनको उपचार नगरिएको बताएका थिए । उनलाई उच्च रक्तचाप र डायबिटिजको समश्या रहेको बताइएको छ ।

उनको मृत्युलाई लिएर मुश्लिम ब्रदरहुड पोलिटिकल आर्म तथा  फ्रिडम एण्ड जस्टिस पार्टीले उनको हत्या गरिएको आरोप लगाएका छन् । उनीहरुले इजिप्टका विश्वभरीका दूतावासमा प्रदर्शन गर्न समेत आव्हान गरेका छन् । इजिप्टका राष्ट्रपति रिसेप तैयब इर्दोगानले इजिप्टका तानाशाहले उनको हत्या गरेको आरोप लगाएका छन् । उनी मुर्सीसँग निकट मानिन्छिन् ।

सन् १९५१मा इजिप्टको गाउँ एल अदवाहमा जन्मेका मुर्सीले कायरो विश्वविद्यालयबाट सन् १९७०को दशकमा इन्जिनियरिङको अध्ययन पूरा गरेका थिए । त्यसपछि उनले अमेरिकाबाट पीएचडी गरेका थिए । उनलाई सन् २०१२मा मुश्लिम ब्रदरहुडले आफ्नो तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । उनी निर्वाचनको माध्यमबाट नै सत्तामा गएको भएपनि निर्वाचित भएको एक वर्षकै अवधीमा उनीमाथि अर्र्थतन्त्रलाई राम्रोसँग चलाउन नसकेको र मुश्लिम कुको अवस्था सिर्जना गरेको आरोप लागेको थियो । त्यसैले जनता सडकमा उत्रेपछि सेनाले सत्ता लिएर उनलाई थुनेको बीबीसीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस