नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच सम्झौता

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र अस्पतालका तर्फबाट मार्केटिङ विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले ग्राण्डी अस्पतालका सेवामा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२० वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस