हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

काठमाडौं । हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा संचालन गर्नका लागि पुनः उद्घाटन गरिएको छ ।

न्यू श्री गणेश इलेक्ट्रोनिक्सले विगत १० वर्षदेखि चितवनमा सामसङ्ग इलेक्ट्रोनिक्सका आधुनिक उत्पादनहरु जस्तै टिभी, फ्रिज तथा घरयासी उपकरणहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

सामसङ्ग ब्राण्डको बढ्दो मागसँगै न्यु श्री गणेश इलेक्ट्रोनिक्स ग्राहकहरुलाई सुलभ मूल्यमा पूर्ण सुविधा सम्पन्न, नविनतम तथा उच्च गुणस्तरीय उत्पादनहरु प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा हिम इलेक्ट्रोनिक्स प्राले शुभकामना प्रकट गर्दै भन्यो, “चितवनको ग्राहकहरुलाई निरन्तर सेवा पु¥याउदै आइरहेको न्यु श्री गणेश इलेक्ट्रोनिक्स १० वर्षको अप्रम्पार सफलताले हामीलाई अत्यन्तै खुसी बनाएको छ ।

हामीलाई सामसङ्ग उत्पादनहरुको बढ्दो मागले गर्दा चितवनका ग्राहकहरुलाई अझै बढि सुविधा र सेवा प्रदान गर्न तथा सुविधा सम्पन्नता पसल पुनः उद्घाटन गर्न उत्प्रेरित गरेको हो ।”

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त …

प्रतिकृया दिनुहॊस