ढल्केबर सबस्टेशन सञ्चालन पुसभित्र सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । धनुषामा निर्माणाधीन ४००-२२० केभीको ढल्केबर सबस्टेशन आगामी पुसभित्र सञ्चालनमा ल्याउने तयारी भएको छ । सबस्टेशन सञ्चालनमा आएपछि नेपाल र भारतबीच ९ सय मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

उनले ४५६ मेगावाटको माथिल्लो तामाकोशीको निर्माण सम्पन्न भएपछि नेपालमा वर्षायाममा विद्युत् बढी हुन गएको खण्डमा भारत निर्यात गर्नका साथै दुई मुलुकबीच इनर्जी बैंकिङ गर्न समेत बाटो खुल्ने बताए । कार्यकारी निर्देशक घिसिङ र प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक वज्रभूषण चौधरीले शनिवार सबस्टेशन निर्माण प्रगतिको स्थलगत निरीक्षण गरी निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

स्वदेशी लगानीमा निर्माणाधीन सो सबस्टेशन बनाउने जिम्मा भारतीय कम्पनी एबीबीले पाएको छ । कम्पनीले पुसभित्र नै काम सकी चार्ज गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सबस्टेशनको इन्जिनीयरिङको ९५ प्रतिशत, उपकरणको उत्पादन तथा आपूर्तिको ६० प्रतिशत र जडान तथा सिभिल कार्यको प्रगति ४० प्रतिशत छ । प्राधिकरण र कम्पनीबीच सबस्टेशन निर्माणका लागि २०७४ पुसमा ठेक्का सम्झौता भएको थियो ।

ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनलाई २२० केभीमा चार्ज गरी भारतबाट पिक समयमा दैनिक २२० मेगावाटसम्म विद्युत् आयात भइरहेको छ । अन्य विन्दुको तुलनामा मुजफ्फपुरबाट आयात हुने विद्युत्को मूल्य सस्तो छ । ढल्केबरमा २२०÷१३२ केभी सबस्टेशन पनि सञ्चालित छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिष्थितिमा पनि उत्साहजनक सहभागिता

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक …

प्रतिकृया दिनुहॊस