दुधः तातो पिउने कि चिसो ? कस्तो पिउँदा के हुन्छ बेफाइदा ?

काठमाडौं । हाम्रो घरमा बुबाआमाले हामीलाई सानोमा पक्कै पनि हरेक साँझ वा बिहान भन्नुहुन्थ्यो– दुध पिएर बल्ल अरु काम गर्नु । दुध पिउनु कतिका लागि निकै रमाइलो लाग्थ्यो होला त कतिका लागि झन्झटिलो । तर, हामी सबैलाई थाहा भएको कुरा हो, दुधमा निकै पौष्टिक हुन्छ र हाम्रो स्वास्थ्यलाई यसले निकै राम्रो गर्छ । क्याल्सियम, प्रोटिन, आयोडिन, पोटासियम, फोस्फोरस तथा भिटामिन बी १२ जस्ता पोषक तत्व पाइने भएकाले दैनिक एक गिलास दुध पिउँदा निकै राम्रो हुन्छ ।

तर, दुध कस्तो पिउने– तातो वा चिसो ?

कसैकसैलाई तातो दुध पिउन मन लाग्दो हो । कतिले त त्यसमा बेसार वा दालचिनी पाउडर वा घ्यु मिसाएर पनि पिउन खोज्दा हुन् । कतिलाई चाहिँ चिसो दुध मीठो लाग्दो हो ।

अब बिहान पिउने हो भने चाहिँ चिसो दुध नै फाइदाजनक हुनसक्छ । राती चिसो दुध पिउने हो भने हाम्रो पाचन प्रणालीमा समस्या देखिन सक्छ । यसले हाम्रो निद्रा पनि बिथोल्ने सम्भावना रहेको हुन्छ । तर, शरीरमा पानीको मात्रा कमी भएको छ वा एसिडिटीका कारण समस्या भएको छ भने चाहिँ चिसो दुध पिउनु अत्यन्त राम्रो हुन्छ ।

त्यति मात्र होइन, चिसो दुध पिउँदा तौल घट्ने पनि विभिन्न अध्ययनले देखाएका छन् । तर, मौसम परिवर्तन हुँदै छ वा जाडोको समय हो भने चिसो दुध पिउनु हुँदैन । यसले इन्फेक्सन हुनसक्ने खतरा बढाउँछ । जाडोमा चाहिँ तातो दुध पिउँदा शरीरलाई फाइदा हुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कैदीबन्दीलाई तनाव व्यवस्थापनका लागि योगाभ्यास तथा मनोसामाजिक परामर्श

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले कैदीबन्दीलाई योगाभ्यास तथा मनोसामाजिक परामर्श दिएको छ । …

प्रतिकृया दिनुहॊस