झारखण्डमा नक्सलवादीद्वारा प्रहरीको गाडीमा अन्धाधुन्ध गोली प्रहार, पाँचजनाको मृत्यु

काठमाडाैँ । पश्चिम बंगालसँग जोडिएको तिरुलडीह क्षेत्रमा गाडीमा रहेका झारखण्डका प्रहरीमाथि चरमपन्थीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले उल्लेख गरेका छ । कुकड साप्ताहिक हाटबाट फर्किएका प्रहरीलाई कुरेर बसेका नक्सलवादीले आक्रमण गरेका हुन् ।

सरायकेला खरसांवा जिल्लामा पछिल्लो एक महिनामा नक्सलवादीले गरेको यो चौथो आक्रमण हो । झण्डै १८ जनाको समूहमा रहेका नक्सलवादीले प्रहरीको गाडीले घेरेर अन्धाधुन्ध गोली चलाएको झारखण्डका प्रहरी प्रवक्ता एमएल मीणाले बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

मुख्यमन्त्री रघुवर दासले ट्वीट मार्फत आक्रमणको निन्दा गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस