पानीको कमीले शरीरमा यस्ता समस्या निम्त्याउँछ

काठमाडौं । मानिस जीवनको लागि जसरी अक्सिजन अनिवार्य हुन्छ। अक्सिजनको मात्रा पूरा गर्न र हाम्रो शरीर सञ्चालनको लागि स्वछ पानी पर्याप्त मात्रामा पिउनु पर्ने हुन्छ।

हाम्रो शरीरमा हुने ९.६० प्रतिशत पानीको मात्रामा केवल १.५ प्रतिशत मात्र पानी कम हुँदा पनि शरीरमा सुख्खा हुने अर्थात् ‘डिहाइड्रेसन’को असर देखिने चिकित्सकहरू बताउँछन्।

पानीको कमीले हाम्रो शरीरमा सामान्यदेखि जटिल प्रकारका शारिरिक समस्या देखिने गर्छ। शरीरमा पानी कम हुँदा रिगंटा लाग्नेदेखि मिर्गौलामा समेत असर गर्ने गर्छ। त्यसैले दैनिक कम्तिमा एक लिटर पानी खानु पर्ने हुन्छ।

पानी कम हुँदा …

थकान : हाम्रो शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप घट्छ, मुटुको धड्कनमा समेत गडबढ हुने गर्छ। त्यस्तै पानी कम हुँदा मस्तिष्कको रगत सञ्चालनमा समेत असर गर्ने गर्छ। जसले गर्दा शरीर थकित हुनुका साथै कमजोर हुने गर्छ। त्यतिमात्र हैन पानी कम हुँदा शरीरका मसल्सहरू दुख्ने तथा कमजोर हुने गर्छ।

कब्जियतको समस्या :  हामीले खाएको खानेकुरा राम्रोसँग पच्‍नका लागि पानी पर्याप्त खानु आवश्यक हुन्छ। त यदि कम पानी खाइएको छ भने आन्द्रामा भएका वस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ। जसले गर्दा कब्जियत समस्या निम्ताउँछ।

मुड परिवर्तन :  शरीरमा पानीको मात्रा कम हुँदा शारीरिक मात्र नभई मानिसलाई मानसिक रुपमा पनि पर्छ। शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छी हुँने, काममा केन्द्रीत हुन नसक्ने अवस्था आउँँछ।

शरीर चिसो हुन्छ : पानीले शरीरमा तातो बनाइ राख्न ठूलो सहयोग गर्छ। रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्न मद्दत गर्छ। पानीको मात्रा कम हुँदा तातोपानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ। पानीको मात्रा कम हुँदा मासंपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ। जसले गर्दा आँखाको दृष्टि धमिलो हुने, तिर्मिराउने तथा काम गर्ने क्षमतामा कमी आउँछ।

श्वास गन्हाउने : पानी कम खानुको अर्को समस्या हो श्वास गराउने हुन्छ। एजेन्सीको सहयोगमा

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई दिइयो आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण …

प्रतिकृया दिनुहॊस