सिंगटी हाइड्रो र युनाइटेड इदिले आइपिओ निष्काशन गर्ने

काठमाडौं। सिंगटी हाइड्रो इनर्जी र युनाइटेड इदि-मार्दी एण्ड आरवि हाइड्रोपावर कम्पनीले प्राथमिक शेयर निष्काशन गर्नको लागि क्रेडिट रेटिङ गराएका छन्।

दुबै कम्पनीले प्राथमिक शेयर निष्काशन गर्न मिल्ने न्युनतम रेटिङ ‘केयर एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेका छन्। सिंगटी हाइड्रोले ४३ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले २५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

आयोजना निर्माणका लागि आवश्यक उपकरण चीन तथा भारतबाट आयात गरिनु पर्ने भएकोले विदेशी विनिमयदरले पनि लागतमा प्रभावित पार्नेछ। आयोजनाको निर्माण कार्य सकिएर हाइड्रोलोजी र ट्रान्समिसन लाइनको काम भैरहेको छ। यो कार्य केहि समयमा सकिनेछ।

युनाइटेडले १० करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने भएको हो। कम्पनीले यसै वर्षदेखि जलविद्युत उत्पादन गर्ने योजना बनाएकोमा विद्युत गृहमा पानी पर्याउने पाइप पहिरोले बगाउँदा निर्माण कार्य ढिला भएको हो। निर्माण कार्यमा ढिलाइ हुँदा आयोजनाको लागत अनुमान गरिएको भन्दा १२ करोड रुपैयाँ बढि लागेको हो।

आयोजनाको अनुमानित लागत एक अर्ब २५ करोड रुपैयाँ गरिएकोमा बढेर एक अर्ब ३७ करोड रुपैयाँ लाग्ने भएको छ।

अझै निर्माण कार्य भैरहेको हुँदा यस्तो लागत बढ्न सक्छ। यसै आधारमा प्रतिमेगावाट लागत १९ करोड ६० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको हो। कम्पनीले ७५ प्रतिशत रकम ऋण र २५ प्रतिशत शेयर पूँजीबाट जुटाउनेछ।

यॊ पनि हेर्नुहॊस

माथिल्लो तामाकोशी जलविद्युत आयोजना : तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु

काठमाडौँ । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा …

प्रतिकृया दिनुहॊस