जो चार मन्त्रीका निजी सचिव भए (भिडियोसहित)

काठमाडौँ ।   मिथिला नगरपालिका–१० लालगढ धनुषा घर भएका किरणबहादुर कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिए । वि.सं. २०२३ सालमा जन्मिएका कार्की सानैदेखि राजनीतिमा लागेकै कारण वि.सं. २०३६ सालको आन्दोलन समेत सम्झिछन् ।सुरुमा अन्जानमै र साथीको लहलहैमा राजनीतिक जीवन सुरु गरेको बताउने कार्की राजनीतिको व्यस्तताकै कारण पढाइमा भने आईए पासमै सीमित रहे ।

शिक्षाले आईए पास गरेका उनी वि.सं. २०६५ सालमा स्थायी रुपले काठमाडौं पसेसँगै उनको राजनीतिक जीवन झन् सक्रिय बन्दै गएको उनी बताउँछन् ।

नेपाल सरकारका चार जना मन्त्रीहरूका निजी सचिवसमेत भइसकेका कार्की नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र धनुषा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्षसमेत हुन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका स्थानीय विकासमन्त्री रामचन्द्र झा, माधवकुमार नेपाल सरकारका गृहराज्यमन्त्री रिजमान अन्सारी र झलनाथ खनाल सरकारका स्थानीय विकास राज्यमन्त्री शत्रुघन महतोको निजी सचिव भएर काम गरिसकेका उनी अहिले केपी शर्मा ओली सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका निजी सचिव भएर काम गरिरहेका छन् ।

यसरी विभिन्न क्षेत्र, भूगोल र फरक धारका मन्त्रीहरूसँग काम गर्दाका अनुभवहरूलाई आत्मसात् र अनुशरण गर्दै राजनीतिक जीवनमा आइपर्ने विभिन्न चुनौतीको सरल ढंगले सामना गर्दै आएको कार्की बताउँछन् ।

कार्की भन्छन्, ‘पार्टीप्रतिको योगदान, त्याग र समर्पणले चारै जनाले मलाई निजी सचिव रोजे । यी सबैको प्रकृति र व्यवहार फरक भए पनि मैले पार्टीप्रति असल कार्यकर्ता भई देखाएको लगाव र झुकावले मलाई विश्वास गरी निजी सचिव राखे ।’

फरक–फरक धारका विभिन्न मन्त्रीसँग काम गर्दा धेरै चुनौती सामना गर्नुपरेको बताउँदै कार्कीले विविध समस्या र चुनौतीलाई समाधान गर्दै मन्त्रीहरूलाई बुझाएर खुसी पार्न आफू सफल भएको बताउँछन् ।

चार जना मन्त्रीका निजी सचिव भइसकेका कार्की सरल, शालीन र भद्र स्वभावका देखिन्छन् । आफूभन्दा पनि देश र जनताका निम्ति राजनीतिमा लागेको बताउने उनी भन्छन्, ‘निहित स्वार्थका लागि कहिल्यै काम गरिएन, आफ्नो कामबाट मन्त्री र मन्त्रीसँग भेटघाटमा आएका जनताको सेवामा जहिल्यै सकारात्मक रहें र उनीहरूलाई सन्तुष्ट बनाउन सकें ।’

कार्की आफूलाई कर्मचारीभन्दा पनि कार्यकर्ता भनेर चिन्ने गरेको बताउँछन् । पार्टी र देशको भलो चाहेर काम गर्ने बताउने उनी अहिलेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि आफू र आफ्नो काम देखेर खुसी भएको बताउँछन् । उनी भन्छन्, ‘मन्त्रीज्यू मेरो काम देखेर सकारात्मक हुनुहुन्छ, उहाँले जनतालाई गर्ने सेवा पृथक किसिमको छ । मन्त्रालयमा आउने जो कोही जनता तथा कार्यकर्ता खुसी भएर जाने गरेका छन् ।’ आफ्नो जीवन अब जनता र देशका लागि समर्पित गरिसकेको उनी बताउँछन् ।

साभार .ं आजको न्यूजबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस