युरोकप छनोट : इस्टोनियाको पोस्ट्मा जर्मनीको आठ गोल

एजेन्सी । युरोकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले इस्टोनियाविरूद्ध गोलको बर्षा गरेको छ। एकपक्षीय खेलमा जर्मनीले इस्टोनियालाई ८-० को फराकिलो अन्तरले हराएको हो।  घरेलु मैदानमा भएको खेलमा जर्मनीले फराकिलो जित निकाल्दा मार्को रिउस र सर्जी जिनाब्रीले २/२ गोल गरे । लियोन गोरेट्का, इकेए गुन्डोगान, टिमो वेर्नर र लिरोए सानेको नाममा १/१ गोल रह्यो।

जर्मनीले पहिलो हाफमै ५ गोल गरेको थियो । उसले दोस्रो हाफमा ३ गोल थप्यो। जर्मनीका लागि १० औं मिनेटमा मार्को रिउसले थिलो केरहरको पासमा गोल गर्दै अग्रता दिलाए ।  त्यसपछि १७ औं मिनेटमा लिरोए सानेको पासमा सर्जी जिनाब्रीले गोल गरे । २० औं मिनेटमा जोसुवा किम्मिचको पासमा लियोन गोरेट्काले गोल गरेपछि अग्रता ३-० मा पुग्यो। जर्मनी रोकिएन। २६ औं मिनेटमा इकेए गुन्डोगानले पेनाल्टीमा गोल गरे। त्यसपछि ३७ औं मिनेटमा मार्को रिउसले व्यक्तिगत दोस्रो गोल गरे।

योसँगै उसले पहिलो हाफमा ५ गोललको अग्रता बनायो। दोस्रो हाफमा जर्मनीले ३ गोल थप्यो। ६२ औं मिनेटमा सर्जी जिनाब्रीले टिमका लागि व्यक्तिगत दोस्रो गोल गरे । ७९ औं मिनेटमा टिमो वेर्नरले गोल गरे। ८८ औं मिनेटमा लिरोए सानेले गोल गरेपछि जर्मनीले ८-० को फराकिलो जित निकाल्यो।  यो जितसँगै जर्मनी समूह ‘सी’ मा ३ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा छ। यो समूहमा ४ खेलबाट १२ अंकसहित नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस