कुमारी बैंकको सञ्चालक समिति सर्वसहमतिमा चयन, अमिरप्रताव राणा अध्यक्ष बन्ने निश्चित

काठमाडौं । कुमारी बैंकका सेयरधनीहरुको लागि खुशीको खबर छ । नयाँ सञ्चालक समितिमा सर्वसहमति जुटेको छ । सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट अमिरप्रताव राणा र कृष्णप्रसाद ज्ञवाली निर्विरोध भएका छन् । पब्लिक सेयरधनीबाट महेश पोखरेल र अनुराधा चौधरी सर्वसहमत भएका छन् । बैंकको अध्यक्ष राणा बन्ने लगभग निश्चित भएको छ ।

चार जना सञ्चालक पदको लागि निर्वाचन हुन लागेकोमा चार जनाको मात्र उम्मेदवारी परेको र उम्मेदवारी दर्ता गर्ने समय सकिएको बैंकका कम्पनी सचिव नरेन्द्र छतकुलीले जानकारी दिए ।

औपचारिक रुपमा घोषणा हुन सबै प्रक्रिया पुरा हुनुपर्छ, साधारणसभासम्म कुर्नै पर्ने उनले बताए । बैंकको विशेष साधारणसभा जेठ ३१ गते डाकिएको छ । विज्ञ सञ्चालकको रुपमा गणेश कुमार पाठकले निरन्तरता पाउने भएका छन् । सञ्चालक समिति ५ जनाको मात्र हुने छ ।

विज्ञ सञ्चालक सहित ५ जना मात्र सञ्चालक समिति रहेको २८ वटा वाणिज्य बैंक मध्ये सम्भवत कुमारी मात्र हो । बैंक तथा वित्तीय संस्थामा ५ देखि ७ जनाको सञ्चालक समिति गठन हुनुपर्ने र एक जना महिला अनिवार्य हुनु पर्ने कानुनी व्यवस्था छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस