कांग्रेसद्वारा आज पनि संसद बैठक अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।  ११ बजे बसेको बैठकको सुरुवातमा नै कांग्रेसका सांसदहरूले आफ्नो आसनबाट उभिएर संसद बैठक अवरुद्ध गरेका हुन्। कांग्रेसले गुठी विधेयकलाई लिएर संसदको बैठक लगातार दोस्रो दिन अवरुद्ध गरेको हो।

कांग्रेस सांसद राजेन्द्र केसीले गुठीलाई सरकारले कब्जा गर्ने गरी विधेयक ल्याएको बताएका छन्। उनले गुठीलाई समाप्त गर्ने उद्देश्यले सरकारले उक्त विधेयक ल्याएको धारणा राखे।

उपत्यकावासीको पहिचान गुठी भएको हुनाले संरक्षण गर्नुको सट्टा कब्जा गर्ने गरी विधेयक ल्याएकाले त्यसको विरोध गर्नुपरेको केसीको भनाइ थियो। धर्म नमान्ने कम्युनिस्ट पार्टी सरकारमा भएकाले पनि गुठीमाथि आक्रमण भएको उनको भनाइ थियो।

गुठी विधेयकको विरोधमा केही दिन पहिले काठमाडौंमा विरोध प्रदर्शन भएको थियो। जसमा प्रहरीले हस्तक्षेप भएको थियो। जसलाई लिएर पनि कांग्रेसले विरोध गरिरहेको छ।  कांग्रेसले प्रदर्शनकारीमाथि बल प्रयोग गरेकोबारे गृहमन्त्रीबाट प्रष्टिकरण माग गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस