कान चिलाइरहन्छ ? यसरी गर्नुस् उपचार

काठमाडाैँ । कहिलेकाहीँ कान चिलाउनु सामान्य हो । तर, कानको भित्री भाग बारम्बार चिलाउँछ भनेचाहिँ हेलचेक्र्याइँ गर्नुहुन्न । हामी प्रायः कान चिलाउँदा कन्याउन हातका औँला प्रयोग गर्छन् । यति मात्रै नभएर कानभित्र सिन्का, सिसाकलम, कनकर्नुजस्ता तीखा वस्तु पनि घुसार्छौँ ।

तर, कानभित्र यस्ता वस्तुको प्रयोग घातक हुन सक्छ । त्यसैले, कानभित्र जे पायो त्यही घुसार्ने बानी छ भने सावधान रहनुस् । लगातार कान चिलाउँछ भने तपाईंको कानमा इन्फेक्सन भएको हुन सक्छ । चिलाइ मार्न कानभित्र औँला घुसार्दा उल्टै इन्फेक्सन बढ्ने खतरा हुन्छ ।

सबैभन्दा पहिले कान किन चिलाउँछ, त्यसमा ध्यान दिन जरुरी छ । कान मानव शरीरको निकै संवेदनशील अंग हो । छालामा हुने सुक्खापन र खानपानको गडबडीले पनि कान चिलाउन सक्छ । यस्तो अवस्थामा उपचारको घरेलु उपाय अपनाउनु फलदायी हुन्छ ।

एलोभेराः एलोभेरा (घ्यु कुमारी) बहुगुणयुक्त घरेलु औषधि हो । यसको एक–दुई थोपा रस कानको भित्री भागसम्म पुग्ने गरी राख्नाले कान चिलाउने र इन्फेक्सन हुने समस्याबाट बच्न सकिन्छ । एलोभेरामा हुने एन्टी–इन्फेमेन्टरी गुणले कानको समस्या निदान गर्न र छालाको सुक्खापन हटाउन सहयोग गर्छ ।

तेलः अक्सर हामी तोरीको तेल कानमा राख्छौँ । तर, तोरीको सट्टा नरिवल वा एलोभेराको तेल प्रयोग गर्दा कानको समस्या हटाउन मद्दत पुग्छ ।

लशुनः लशुन हाम्रो भान्सामा सजिलै पाइने खाद्यवस्तु हो । यसका सयौँ गुण छन् । लशुनमा एन्टिबायोटिक गुण पनि हुन्छ । जैतुन र तिलको तेलमा एक केस्रा लसुन फुराई कानको बाहिरी भागमा लगाउनाले कानलाई इन्फेक्नबाट बचाउन सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस