न्युयोर्क सिटीको गगनचुम्बी भवनमा हेलिकप्टर दुर्घटना

काठमाडाैँ । अमेरिकाको न्युयोर्क सिटीमा हेलिकप्टर दुर्घटना हुँदा त्यसका पाइलटको ज्यान गएको छ । म्यानहटन स्थित गगनचुम्बी भवनको छतमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको हो ।

घटनाका कारण भवनको माथिल्लो भागमा आगलागी भएको थियो । तर तत्काल अग्निनियन्त्रकले निभाए । भवनबाट केही कामदारलाई बाहिर निकालियो ।

घटनामा कोही पनि घाइते नभएको न्युयोर्कका गभर्नर एन्ड्रयु कुओमोले बताएका छन् । टाइम्स स्क्वायर नजिकै रहेको भवनमा घटना भएको हो । म्यानहटनमा विमान दुर्घटना भयो भन्दा त्यसले सन् २००१ को सेप्टेम्बर ११ मा ट्वीन टावरमा भएको आक्रमणको स्मरण पनि गराएको न्युयोर्कले बताएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका पाइलटको नाम टिम म्याकोर्माक रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । प्रारम्भीक अनुसन्धानमा घटना कुनै खराब नियतका कारण भएको जस्तो नदेखिएको स्थानीय अधिकारीले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस