रिलायबल नेपाल लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आवद्ध, बीमा शूल्क अनलाइनबाटै तिर्न सकिने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ्ग हाउस(एनसीएचएल)सँग आवद्ध भएको छ । इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई एनसीएचएलको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न उक्त संस्थासँग सम्झौता गरी आवद्ध भएको हो ।

उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायण बाबु लोहनी र एनसीएचएलका तर्फबाट संस्थाका सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । यससँगै रिलायबल नेपाल लाईफ इन्स्योरेन्स यस क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल-आईपीएस र कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीसँग आबद्ध भएपछि एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बीलहरु, भुक्तानी लिनुपर्ने रकमहरु र लगानी सम्बन्धी कारोबारहरु यस संस्थासँग आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।

यो प्रणालीमा आबद्ध भए लगत्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो(प्रिमियम)बीमा शूल्क पनि अनलाइनमार्फत सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभ ग्राहिहरुका बैंक खाताहरुबाट हुनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस