रवी ओड र अस्मिता अधिकारीको स्वरमा हामी किसानी गीत सार्वजनिक

काठमाडौं। गीतकार गोकर्ण रुपाखेती शर्माको हामी किसानी युटुवमार्फत सार्वजनिक गरिएको छ । रुपाखेती शर्माले आफ्नै गोकर्ण प्रोडक्सन युटुव च्यानल मार्फत उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका छन् ।

नेपाल आईडलका विजेता रवी ओड र प्रतिष्पर्धि अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा लेखु सहयात्रीको संगीत रहेको छन् । काठमाण्डौको धर्मस्थलीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा छायांकन तथा सम्पादन राजन खरेलको रहेको छ भने माधव राज खरेलको निर्देशन रहेको छ ।

भिडियोमा गोकर्ण रुपाखेती शर्मा, दिपक सुवेदी, राजन थापा लगायतका कालकारहरु देख्न सकिन्छ ।
उक्त गीतमा गीतकार रुपाखेती शर्माले गाउ छोडेर विदेशीने युवाहरुलाई स्वदेशमै परिश्रम गर्न र कृषि, पसुपालन लगायतका व्यवसायलाई प्रवर्दन गर्न प्रोत्साहीत गरेका छन् । पछिल्लो समय सम्पुर्ण नेपाली युवाहरु गाउ छोडेर खाडी मुलुकमा पसिना बगाउने गर्दछन् तर आफ्नै जमिन गाउमा बाझो हुदै गएको छ ।

गाउ घरमा बृद्ध बृद्धा तथा वालवालीका मात्रै रहेको यथार्थलाई प्रस्तुत गर्दै गीतकारले भनेका छन् सबै मिलेर  सामुहीक तथा आधुनिक खेती प्रणाली सुरु गरेमा विदेशी भुमीमा पसिना बगाउन नपर्ने बताएका छन् ।
मिहेनत गरेमा आफ्नै माटोमा मोती फलाउन सकिने र सुखी जिवन विताउन सकिने कुरालाई गीतकार रुपाखेती शर्माले गीत मार्फत बताएका छन् ।

यॊ पनि हेर्नुहॊस

नयाँ गीत ‘पिलाएपछि’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक युवराज कार्कीको नयाँ गीत ‘पिलाएपछि’ सार्वजनिक भएको छ। गीतमा ‘बोल माया’ र …

प्रतिकृया दिनुहॊस