दुवै सदनमा कांग्रेस सांसदद्वारा गुठी विधेयकको विरोध

काठमाडौं । गुठी विधेयकको विरोधमा भएको प्रदर्शनमा सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदन विरोध गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बसेको बैठकको सुरुमै कांग्रेसका सांसदहरुले प्रहरी हस्तक्षेपको विरोध गरेका हुन् । उनीहरुले सरकारले जनभावनाविपरित गुठी विधेयक अघि बढाएको र त्यो तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् ।

बैठकमा आजबाट प्रतिनिधिसभामा प्रस्तुत गरिएको विनियोजन विधेयकमाथिको छलफल हुने कायृक्रम छ । बैठकमा बजेटको मन्त्रालयगत विभिन्न शीर्षकमाथि छलफल सुरु गर्ने कार्यतालिका छ ।

सांसदहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटबारे धारणा राख्ने छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेट पारित गर्न सांसदहरुबीच छलफल गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संसद्मा प्रस्तुत विधेयकमा दुर्गा पौडेल, लक्ष्मी परियार, मीनबहादुर विश्वकर्मालगायतका सांसद्हरुले विभिन्न प्रस्ताव राखेका छन् । यही प्रस्तावबारे छलफल हुने र सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् । यसैगरी राष्ट्रियसभा बैठक पनि बसिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस