कब्जियतले सतायो ? अपनाउनुहोस् यी ५ सरल उपाय

काठमाडौं । कब्जियत भनेको मल त्याग्दा आउने समस्या हो । यो आम समस्या हो र जुन उमेरका मान्छेलाई यसले सताउन सक्छ । लामो समयसम्म तपाईंलाई यो समस्या छ र यसको कुनै उपचार गर्नुभएको छैन भने यो गम्भीर रोगमा परिणत हुन्छ ।

यहाँ हामीले घरैमा बनाउन मिल्ने केही जुसहरूका बारेमा उल्लेख गर्नेछौं । यी जुसले तपाईंलाई कब्जियतको समस्याबाट सजिलै छुटकारा दिलाउँछन् ।

१ सुक्खा जामुन
६ वटा सुक्खा जामुन, आधा चम्चा मह, आधा चम्चा जीराको धूलो र एक कप तातो पानी जम्मा गर्नुस् ।

पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाउनुस् । त्यसपछि त्यसको बिउ निकाल्नुस् र ब्लेन्डरमा राखेर मजाले पिस्नुस् । त्यसपछि त्यसमा मह र जीराको धूलो हाल्नुस् । अनि फेरि एकचोटि ब्लेन्डर चलाउनुस् । तपाईंको जुस तयार भयो ।

२ नासपाती
दुईवटा नासपाती, दुई चम्चा कागतीको रस, एक चिम्टी बीरेनून जम्मा पार्नुस् ।

नासपातीका सानासाना टुक्रा पार्नुस् र ब्लेन्डरमा पिस्नुस् । पिसेपछि एउटा गिलासमा रस निकाल्नुस् । त्यसपछि गिलासमा कागतीको रस र बीरेनून हाल्नुस् । तपाईंको नासपाती जुस तयार भयो ।

३ स्याउ
एउटा स्याउ, आधी चम्चा सूपको धूलो, आधी कप पानी लिनुस् ।

सबभन्दा पहिला स्याउ काट्नुस् र ब्लेन्डरमा पिस्नुस् । त्यसपछि यसमा पानी हालेर फेरि एकचोटि ब्लेन्डरमा हाल्नुस् । जुसलाई एउटा गिलासमा निकालेर त्यसमा सूपको धूलो हाल्नुस् र राम्ररी घोल्नुस् । तपाईंको जुस तयार भयो ।

४ सुन्तला
एक कप सुन्तला र एक चिम्टी बीरेनून ल्याउनुस् ।

ब्लेन्डरमा सुन्तला हालेर त्यसको रस निकाल्नुस् । त्यसपछि गिलासमा सुन्तलाको रस हाल्नुस् र बीरेनून मिसाउनुस् । सुन्तलाको जुस तयार भयो ।

५ कागती
आधा कागती, एक कप तातो पानी, एक चम्चा मह, आधी चम्चा जीराको धूलो ।

एक गिलास तातो पानीमा कागतीको रस, मह र जीराको धूलो हालेर मज्जाले घोल्नुस् । कागतीको जुस तयार भयो ।
यी जुसहरूले तपाईंको कब्जियत भगाइदिन्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस