विकास बजेट सक्न चटारो, साढे दश र डेढ महिनाको खर्च उस्तै

तनहुँ । चालु आर्थिक वर्षको तेस्रो चौमासिकको अन्तिम महिना सुरु हुन केही दिन मात्रै हुँदा तनहुँमा विकास बजेट सक्न चटारो परेको छ।  तनहुँमा चालु आर्थिक वर्षको साढे दश महिनामा विकास बजेटको आधा रकम पनि खर्च भएन। उक्त समयमा संघीय सरकारबाट विकासका लागि विनियोजित कुल बजेटको ४९ दशमलव २८ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि संघीय सरकारबाट विकासका लागि विनियोजित एक अर्ब ५४ करोड ४१ लाख ३० हजार रुपैयाँ रकममध्ये विकासे कार्यालयहरुले जेठ १५ सम्ममा ७६ करोड १० लाख १७ हजार ४२४ रुपैयाँ मात्रै खर्च गरेका छन्। कार्यालयका अनुसार समयमा बजेट खर्च नगर्दा विकासका काम प्रभावित हुने र दुरुपयोग हुने जोखिम बढ्छ।

केही आयोजनाको सुरुमा कम बजेट विनियोजन हुने र पछि बजेट थप भएर आउने लगायतका कारणले अन्तिम समयमा भुक्तानी लिन आउने हुँदा बढी देखिने कार्यालयले जनाएको छ।  संघीय सरकारअन्तर्गतका पुँजीगत बजेटको टेन्डर प्रक्रियामार्फत् निर्माण सकिएपछि मात्रै भुक्तानी गरिने हुँदा खर्च पछाडि देखिने र पहिले कम खर्च भएको देखिएको कार्यालय प्रमुख कोष नियन्त्रक विष्णुहरि वाग्लेले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस