२ मिनेटमा मेस्सीकाे २ गाेल : अर्जेन्टिनाले निकारागुवालाई ५-१ ले हरायाे

काठमाडाैँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले निकारागुवालाई ५–१ गोल अन्तरले पराजित गरेको छ । लियोनल मेस्सीप्रेरित अर्जेटिना अहिले कोपा अमेरिका कपको तयारीमा रहेको छ ।

मेस्सीले १ मिनेटभित्र २ गोल गर्दै अर्जेन्टिनालाई सुरुमै २–० को अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा गोभानीको पासमा गोल गर्दै अर्जेन्टिनालाई मेस्सीले अग्रता दिलाएका थिए । त्यसको १ मिनेटमा फेरि मेस्सीले अर्को गोल थपेपछि निकारागुवा २–० ले पहिलो हाफमा पछि परेको थियो । पहिलो हाफमा २ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा ३ गोल थपेको थियो भने एक गोल खाएको थियो ।

जाभियर मार्टिनेजले ६३ र ७३ औं मिनेटमा व्यक्तिगत दुई गोल गर्दा अर्जेन्टिना ४–०ले अघि बढेको  थियो । रोबर्टो परेराले ८१ औं मिनेटमा टिमका लागि पाँचौं गोल गरे । निकारागुवाले भने ९१ औं मिनेटमा एक गोल गरेका थिए । पेनाल्टीमार्फत जुवान बरेराले गोल फर्काएका हुन् ।

यस्तै उरुग्वेले पानामालाई ३–०ले पराजित गरेको छ । उरुग्वेको जीतमा गोमेज, लुईस स्वारेज र फेडिरिको सान्टियागोले एक एक गोल गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस