‘दिमागको बिर्को’ बजारमा

पोखरा । लघु कथाकार राजु क्षेत्री ‘अपुरो’को चौँथो लघुकथा सङ्ग्रह दिमागको बिर्को आज पोखरा महानगरपालिका- २५ हेमजामा लोकार्पण गरिएको छ। गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारी, स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष असफल गौतम लगायतले संयुक्तरुपमा पुस्तकको लोकार्पण गरेकी हुन्।

कार्यक्रममा प्रदेशसभा सदस्य भण्डारीले साहित्यको महत्वबारे प्रकाश पार्दै साहित्यानुरागीका लागि दिमागको बिर्को पठनीय बन्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा वडा सचिव ईश्वरीप्रसाद पोखरेल, साहित्यकार मदन भण्डारी, विष्णु बाँस्तोला, पदम नेपाली, खिमकुमारी भण्डारी लगायतले लघुकथाकार अपूरोलाई सफलताको शुभकामना व्यक्त गरेकी छन्।

हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार एवं समीक्षक कल्यण पन्तले पुस्तकको समीक्षा गरेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस