काठमाण्डौको माइतीघरमा कार र मोटरसाइकल ठोक्किए : एक जनाको ज्यान गयो

काठमाण्डौ । काठमाण्डौको माइतीघरमा शुक्रबार राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि एक जना घाइते भएका छन् ।

बा १७ च ४३८४ नम्बरको कारमा बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक काठमाण्डौ नयाँ बानेश्वरका २३ वर्षीय आयुषराज पाण्डेको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका पाण्डेको उपचारका क्रममा नर्भिक अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडि बसेका तेह्रथुम घर भई नयाँ बानेश्वर बस्ने २२ वर्षीय सन्तोष भण्डारी घाइते भएका छन् । उनको नर्भिक अस्पतालमा उपचार भैरहेको छ । कार चालकलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस