राष्ट्रिय गौरवका आयोजनाको भौतिकजस्तै वित्तिय प्रगति पनि निराशजनक

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको भौतिकजस्तै वित्तिय प्रगति पनि कमजोर देखिएकाे छ । प्राथमिकताको आयोजना भन्दै सरकारले हरेक वर्ष बजेट बढाउँदै गएपनि त्यसको प्रतिफल भने निरासाजनक रहेकाे छ । आयोजना व्यवस्थापनभन्दा पनि अनियमितताका कारण समयमा काम नभएको पूर्वाधारविद्को भनाइ छ ।

सरकारको उच्च प्राथमिकतामा परेका ठूला आयोजनाको भौतिक र वित्तिय प्रगति निराशजनक छ । सरकारले हरेक वर्ष आयोजनालाई बजेट विनियोजन गर्दै आएपनि खर्च हुन सकेको छैन् । चालू आर्थिक वर्ष २०७५/७६ मा १८ ठूला आयोजनाका लागि सरकारले ८७ अर्ब ४९ करोड बजेट विनियोजन गरेको थियो । यसमध्ये जेठ अन्तिम सातासम्म आइपुग्दा ६० प्रतिशतमात्रै खर्च भएको छ ।

राष्ट्रिय गौरवका आयोजनाको वित्तिय प्रगति  

सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाका लागि मात्रै १ खर्बभन्दा बढि बजेट छुट्याएको छ । चालु आर्थिक वर्षमा गौरवका आयोजनाको भौतिक र वित्तिय प्रगति कमजोर देख्दा–देख्दै सरकारले ठूलो बजेट विनियोजन गर्नु गलत भएको पूर्वाधारविद्को टिप्पणी छ ।

चालु आर्थिक वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको वित्तिय प्रगति क्रमशः ७ र १२ प्रतिशत छ । आयोजना समयमा सम्पन्न नहुनुमा आयोजना प्रमुख परिवर्तन भइरहनु र आयोजनाको व्यवस्थापनमा भन्दा पनि अनियमितताको व्यवस्थापनमा लाग्नु नै प्रमुख कारण भएको पूर्बाधारविद् बताउँछन् ।

हरेक बर्ष गौरवका आयोजना भन्दै सरकार बजेट विनियोजन गर्ने तर काम नगर्ने परिपाटीले एकातिर आयोजनाको लागत बढ्दै गएको छ भने अर्कोतिर सरकारकै असक्षमतामाथि प्रश्न उठ्दै गएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस