कैलालीमा भीषण हावाहुरी : २ जनाको मृत्यु, ७६ घाइते

कैलाली । कैलालीमा गएराति आएको विनाशकारी हावाहुरीका कारण २ जनाकाे ज्यान गएकाे छ भने  ७६ जना घाइते भएका छन्। घटनामा चार जना गम्भीर घाइते  भएका छन्।

ती मध्ये २ जनालाई भारत रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ।  मृत्यु हुनेमा  टिकापुर नगरपालिका–२ मा पोल्टी फार्मको पर्खाल भत्किँदा लहानु दोगौंराको मृत्यु भएकाे र  हावाहुरीका कारण कैलालीकाे गाेदावरीमा माेटरसाइकल र टिपर ठाेकिदाँ अर्का एक जनाकाे मृत्यु भएकाे छ।

मृत्यु हुनेमा  मोटरसाइकल  चालक गोदावरी–८ जमुना भाडी माझगाउँका वीरबहादुर चौधरीको ज्यान गएकाे  जिल्ला प्रहरी कार्याय प्रहरी निरीक्षक प्रकाश धामीले जानकारी दिए। हावाहुरीका कारण विद्युत टेलिफाेन सेवा अवरुद्ध छ भने क्षतिको विवरण संकलन भइरहेकाे प्रहरीले जनाएकाे छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस