डेंगु भाइरस किन छिटो फैलिन्छ ? जोगिन के गर्ने ?

काठमाडाैँ । डेंगु भाइरसका कारण डेंगु रोगको संक्रमण हुन्छ। एडिज नामक लामखुट्टेको टोकाइबाट डेंगु भाइरस एक–अर्कामा सर्छ। डेंगु भाइरस चार प्रकारका हुन्छन् । जसलाई भाइरस १,२,३ र ४ मा विभाजन गरिएको छ । यो डेंगु भाइरस बोकेको लामखुट्टे दिउँसो सक्रिय रहने गर्छ। एडिज लामखुट्टेको टोकाइबाट चिकन गुनिया, जिका आदि संक्रमणसमेत हुने गर्छ। संक्रमित लामखुट्टेले एकपटकमा कम्तीमा आठजनालाई टोक्छ। जसले गर्दा एकपटक भाइरस देखिएमा त्यो महामारीको रूपमा छिटो फैलिन्छ ।

यी हुन् लक्षण
संक्रमितमध्ये अधिकांशमा डेंगुुको लक्षण दैखिँदैन । कतिपयमा सामान्य ज्वरो आँउछ। करिब ३ प्रतिशत्मा बान्ता आउने, पेट दुख्ने, शरीरमा पानी जम्ने, रक्तश्राव हुने र मिर्गौलामा असर देखिनेजस्ता समस्या देखिन्छन्।

भाइरस शरीरमा प्रवेश गरिसकेपछि डेंगी नामक कडा ज्वरो आउँछ। जोर्नी र मांसपेशी दुख्ने । आँखाको गेडी र ढाडमा पीडा हुने, रगतमा सेता रक्तकोषको कमी हुनेजस्ता समस्या देखिन्छन्।

एकपटक डेंगुबाट प्रभावित भइसकेका व्यक्तिमा पुनः संक्रमण हुने सम्भावना अधिक रहन्छ।

डेंगु भएको समयमा जन्मिएका बच्चामा तथा प्रतिरोधी क्षमता उच्च भएका मानिसमा डेंगुले जटिल समस्या निम्त्याउने खतरा हुन्छ । जटिल खालको डेंगु भएमा मानिसको ज्यान पनि जान सक्छ।

डेंगुबाट कसरी जोगिने?
एडिज लामखुट्टेको लार्भा विकासका लागि अक्सिजनयुक्त पानी आवश्यक हुन्छ।

त्यसैले, प्रायः सफा पानीमा अन्डा पार्ने गर्छ । गमला, जथाभावी फालिएका बट्टा, पानी जमेका खाल्डाखुल्डी र टायर आदिमा जमेको पानीमा समेत यसले अन्डा पार्ने सम्भावना रहन्छ। तसर्थ, यस्ता ठाउँ सधैँ सफा राख्नुपर्छ। पानी राख्ने भाँडा छोपेर राख्नुपर्छ।

घरबाहिर निस्कँदा लामो बाहुला भएका कपडा लगाउनुपर्छ । त्यस्तै, लामखुट्टेको टोकाइबाट बच्न क्रिम र स्प्रे छर्किन सकिन्छ। सुत्दा झुलको अनिवार्य प्रयोग गर्नुुपर्छ।

सकेसम्म झ्याल–ढोकामा जाली प्रयोग गर्नुपर्छ । गाँउ–टोल सफा राख्नुपर्छ। त्यस्तै, पानी जम्ने खाल्डाखुल्डीमा लामखुट्टे मार्ने स्प्रे प्रयोग गर्नुपर्छ । डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण गर्नुपर्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस