प्रेस स्वतन्त्र नभएसम्म प्रजातन्त्र बलियो हुँदैनः कांग्रेसका नेता खाँण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पार्टीको आधारशिलानै जनता भएको बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा मंगलबार बिहान आयोजित राष्ट्रिय जागरण अभियान अन्तरगतको कार्यक्रममा नेता खाँणले कांग्रेसलाई कार्यकर्ता आधारित पार्टी बनाउन जरुरी रहेको बताए ।

‘‘नेपाली कांग्रेसको आधारशिला भनेकै जनता हो । अब नेपाली कांग्रेसलाई पनि कार्यकर्ता आधारित बनाउन जरुरी छ,’’ उनले भने । कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता खाँणले संसदमा कांग्रेसको उपस्थिति बलियो हुनुपर्नेमा जोड दिए ।

‘‘संसदमा हामी थोरै भएकाले हाम्रो बलियो उपस्थिति हुन जरुरी छ । त्यसका लागि सबै सांसदज्यूहरु संसदमा अनिवार्य उपस्थित हुन जरुरी छ,’’ उनले भने । नेता खाँणले प्रेस स्वतन्त्र नभएसम्म प्रजातन्त्र बलियो हुन नसक्ने जिकिर गर्दै प्रजातन्त्र बिना देश नरहने दोहो¥याए ।  उनले राष्ट्रिय सुरक्षा परिषद्, मिडिया काउन्सिल, मानव अधिकारलगायतका विधेयकहरु संविधान र जनताको प्रतिकुल रहेको ठोकुवा गर्दै आफूहरु सानो आकारमा भए पनि संसदबाट पास हुन नदिने प्रतिवद्धता जनाए । उनले वृद्धभत्ता बृद्धि गरेका भन्दै सरकारलाई धन्यवादसमेत दिए ।

‘‘सरकारले वृद्धभत्ता वृद्धि गरेको छ, यसका लागि म सरकारलाई धन्यवाद दिन चाहन्छु,’’ खाँणले भने, ‘‘तर, पूर्व सरकारले गरेको निर्णय अनुसार नै ६५ बर्ष नाघेका जेष्ठ नागरिकलाई भत्ता दिन जरुरी छ । किन भने नेपालका ५२ जिल्लाका जनताका औषत आयु ६५ भन्दा तल छ ।’’  उनले देशको अर्थतन्त्र नै ध्वस्त हुने गरी सत्तारुढ दलका कार्यकर्तामा आधारित भएर सरकारले बजेट ल्याएको टिप्पणी गर्दै बजेट जनताको दैनिकी बिरोधी रहेको पनि आरोप लगाए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस