लक्ष्मी बैंकको वर्ल्डकप योजना सुरु

काठमाडाैँ । लक्ष्मी बैंकले Ctrl O नामक डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकहरुका लागि विशेष योजना सुरु गरेको छ । F1 Soft सँगको सहकार्यमा सञ्चालित सो योजना अन्तरगत हाल जारी आईसीसी क्रिकेट वर्ल्डकप २०१९को अवधिभर Ctrl O मार्फत बचत खाता खोल्दा ग्राहकहरुले ५०० बराबरको मोबाइल व्यालेन्स प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले बैंकको वेवसाइटमा गई अनलाइन खाता खोल्न निवेदन दिन सक्नेछन् । र त्यसलाई आधिकारीकता दिन एक पटकको लागि बैंकको नजिकैको शाखामा जानु पर्ने छ । लक्ष्मी बैंकले कागज रहित बैंक खाता खोल्न अभिप्रेरित गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो । यसबाट विद्युतीय कारोबारलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

वर्ल्डकप विशेष योजना वातावरणमैत्री बैंकिङ्ग प्रणाली अवलम्बन गर्ने तर्फ बैंकको एक अर्को कदम हो । यस योजनाले बातावरणमा कार्वन फुटप्रिन्टमा कमी आउने र जिम्मेवार एवं दिगो व्यवसायलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस