युरोपियन च्याम्पियन्स लिगको उपाधि कसले जित्ला?

एजेन्सी । क्लब फुटबलकै सर्वाधिक ठुलो प्रतियोगिता युईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि भिडन्त आज (शनिबार) राति हुँदैछ ।

स्पेनको मड्रिडमा हुने फाइनलमा भिड्दै छन् दुई इन्ग्लिश क्लब – टोटेनहम र लिभरपुल । खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ ।

सन् २००८ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा दुई इन्ग्लिश क्लब भिड्न लागेका हुन् । र, वान्डा मेट्रोपोलिटानो स्टेडियममा दुई इन्ग्लिश क्लब उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

टोटेनहम पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा रहदा लिभरपुल १४ बर्षपछि उपाधि उचाल्न चाहन्छ । जसका लागि दुवै टोलीले आफुलाई तयार गरेका छन् ।

‘हाम्रो टिम सिजनको सुरुवातबाटै निकै बलियो छ । तर, हामीलाई फाइनलमा केहि निर्णय गर्न र लिन कठिन हुनेछ,’ टोटेनहमका प्रशिक्षक मौरिसियो पोटेचिनोले भने, ‘हामीसंग सबै जानकारी छ । हामी खेल जित्न सबै कुरा प्रयोग गर्नेछौँ ।’

टोटेनहमले हालसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । टोटेनहमले पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेल्न लागेको हो । लिभरपुललाई हराएर टोटेनहमले उपाधि जित्दै इतिहास बनाउन चाहन्छ ।

सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गरेको टोटेनहमको टिममा चोटको समस्या खासै छैन । तर, फाइनल खेलबाट इन्ग्लिश कप्तान ह्यारी केन मैदानमा फर्कने छ । चोटका कारण केन पछिल्लो समय मैदानमा देखिएका छैनन् । डच क्लब आयाक्सविरुद्धको सेमिफाइनलको पहिलो लेगमा २-० ले पराजित भएपनि टोटेनहमले दोस्रो लेगमा ३-० को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

यता, लिभरपुलले पनि उत्कृष्ट पुनरागमन गरेको थियो । स्पेनिस क्लब बार्सिलोनासंग पहिलो लेगमा ३-० को हार व्यहोरेको लिभरपुलले दोस्रो लेगमा ४-० को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

यस्तै गत सिजन फाइनलमा पराजित लिभरपुल यस सिजन भने जसरि पनि उपाधि चुम्ने योजनामा छ । सन् २००५ पछि च्याम्पियन्स लिग जित्न नसकेको लिभरपुललाई ठुलो अवसर समेत रहेको छ ।

‘सबै परिस्थिति र टिम पनि फरक छ,’ लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भने,’गत बर्ष विश्व स्तरिय गोल र दुई गोल फर्काउन नसक्दा पराजित हुन पुग्यौ । अहिले मेरो टिम फाइनलमा छ । र, म आफैलाई पराजित भएको हेर्ने चाहन्न ।’

गत सिजन रियल मड्रिडसंग ३-१ ले पराजित हुँदै लिभरपुल उपाधि जित्नबाट बन्चित भएको थियो । तर, यस पटकको उपाधि जित्दै लिभरपुल छैटौं पटक उपाधि घरमा भित्र्याउन चाहन्छ ।

फाइनलमा लिभरपुलसंग मिडफिल्डर नेबी केईटा चोटका कारण उपलब्ध हुने छैनन् ।  तर, रोबर्टो फिर्मिन्हो मैदान फर्कने छन् ।  जसको कारण जोर्गेन क्लोपलाई राहत मिलेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस