गणतन्त्र दिवसको शुभकामना लेख्न हात शिथिल भएः करिष्मा

काठमाडाैं । नायिका करिष्मा मानन्धरले भ्रष्टाचार, कुशासन, पार्टीगत लडाईंले देशमा सकारात्मक परिवर्तन नआएका कारण गणतन्त्र दिवसको शुभकामना लेख्न पनि जनतामा उत्साह नरहेको बताएकी छन् ।

हजारौंको बलिदान र संघर्षपछि आएको गणतन्त्रलाई जनताले उत्साहका साथ स्वागत गरे पनि आफ्नो जीवनमा र देशमा सकारात्मक परिवर्तनको सुनौलो सपना देखे पनि त्यो पूरा नहुँदा जनतामा निराशा छाएको उनको भनाइ छ ।

“गणतन्त्र आएको केही वर्षमै गणतन्त्र दिवसको दिनमा शुभकामना शब्द लेख्न पनि सबैको हात शिथिल भएको छ ?,” करिष्मा आफ्नो फेसबुकमा लेख्छिन्, “देशको जिम्मेवारी लिएका अगुवाहरु विचार गर्नुस् ! जुन शिखरमा उभिएर दम्भ गर्दै हुनुहुन्छ त्यसको सतहको टेको जनताको काँधमा अडिएको छ । तेसैले भ्रष्टाचार, कुशासन, पार्टीगत लडाईं छोडेर न्याय, सदाचार, सहसम्मान, हरेक वर्गलाई समानअवसर र राष्ट्रिय धनको सही सदुपयोग गरेर अगाडि बढ्नुस् ।”

उनले राजनीतिक दल नेता नेताहरुलाई जनता विकल्प सोच्न स्वतन्त्र रहेको हेक्का राख्न पनि सुझाव दिएकी छिन् । विकल्प रोज्न खर्चिनु पर्ने समय राष्ट्रको विकासको लागि खर्चिने वातावरण बनाउन उनको आग्रह छ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएसँगै करिष्मा सक्रिय राजनीतिबाट अलग भएकी छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस