सञ्चारकर्मी सुस्मा राईले ल्याइन् ‘सुन माया…’ हेर्नुहोस् भिडियोसहित

काठमाडौं । गायिका तथा सञ्चारकर्मी सुस्मा राईको नयाँ गीत ‘सुन माया’ सार्वृजनिक भएको छ । ईमेज एफएमकी कार्यक्रम प्रस्तोता राई केही समय पहिले बजारमा आएको ‘नबाडन’बाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन् ।

पहिलो गीतबाट राम्रो प्रशंसा बटुल्न सफल सुस्माले आफ्नो दोस्रो गीत ‘सुन माया’ भर्खरै सार्वजनिक गरेकी हुन् । ‘सुन माया’को भिडियोमा पनि आफै देखा परेकी सुस्माले दोस्रो गीतलाई पनि दर्शक श्रोताले मन पराउने विश्वास लिएको बताइन् ।

आफ्नै शब्द र स्वर रहेको उक्त गीतमा कल्यान सिंहले संगित भरेका छन् भने दिनेश श्रेष्ठले एरेन्ज गरेका छन् । कमेडी शैलीको ‘सुन माया’को भिडियो ओएसआर डिजिटलले निर्माण गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस