माछापुछ्रे बैंकको थप २ शाखा रहित बैकिङ्ग सेवा, शाखा रहित बैकिङ्ग १०० पुग्यो

बैंक लिमिटेडले डडेलधुरामा आफ्नो ९९ र १०० औं शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले डडेलधुराको अजयमेरू गाउँपालिका–२ स्थित चमाडा र अमरगढी नगरपालिका–७ स्थित पोखरामा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । यो सहित माछापुछ्रे बैंकको हालसम्म १०० शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको बैंकको जनाएको छ ।

ग्राहक सेवा  केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा  खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १०१ वटा शाखाहरु लगायत १०० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २०१ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १२२ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

यॊ पनि हेर्नुहॊस

आगलागीमा आधा दर्जनभन्दा बढी ग्यास सिलिण्डर विस्फोट, तीन ओटा होटल जलेर नष्ट

धनुषा । जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आगलागीका कारण होटलमा राखिएको ग्यास सिलिण्डर पड्किँदा …

प्रतिकृया दिनुहॊस