अष्ट्रेलिया ७ विकेटले विजय

एजेन्सी । एकदिवसीय विश्वकप सुरु हुन एकसाता अघि अष्टेलियाले वेष्ट इन्डिजमाथि ७ विकेटको जित दर्ता गरेको छ । अभ्यास खेलमा पूर्वकप्तान स्टेभन स्मिथले उत्कृष्ट प्रदर्शन गरेपछि अष्ट्रेलियाले ७ विकेटको जित दर्ता गरेको हो ।  २ सय २९ रनको लक्ष्य पछ्याएको अष्टे«लिया ३८ दशमलब ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भयो । अष्ट्रेलियाको जितमा स्मिथले ७६ रनको पारी खेले । ८२ बलको सामना गरेका उनले ७ चौका २ छक्का प्रहार गरे ।

कप्तान आरोन फिन्चले ४२ रन बनाए । शन मार्श ५५ रनको योगदान दिँदा ग्लेन म्याक्सवेल १८ रनमा अविजित रहे । डेबिड वार्नर १२ रनमा पभेलियन फर्किएका थिए । वेष्ट इन्डिजका ओशन थोमस र कार्लोस बर्थवेटले १–१ विकेट लिए ।  यसअघि पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ४६.२ ओभरमा २ सय २९ रनमा अल आउट भएको थियो । कार्लोस वर्थवेटले सर्वाधिक ६० रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

इभिन लुइसले ५० रन बनाए । सुनिल एम्बीसले ३७ रन बनाउँदा शाई होपले २१ तथा फेविन एलिनले १२ रन बनाएका थिए । इन्डिजका खेलाडीलाई सस्तैमा समेट्न अष्ट्रेलियाका म्याक्सवेल,मिचेल स्टार्क,प्याट कमिन्स र नाथन कुल्टनले २–२ विकेट लिए ।  अष्ट्रेलियाले अब शनिबार अर्को अभ्यास खेल इंग्ल्यान्डसँग खेल्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस