कामिरिता २४ औं पटक सर्वोच्च शिखरमा

काठमाडौं । कामिरिता शेर्पा २४ औं पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

मंगलबार बिहान उनी सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनको यो २४ औं सफल आरोहण हो । उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्वकीर्तिमान यसअघि नै आफ्नो नाममा कायम गरिसकेका थिए । एक साता अघिमात्र उनी २३ औं पटक सगरमाथाको शिखरमा पुगेका थिए ।

२५ पटक सगरमाथाको शिखरमा पुगेर आरोहण यात्राबाट विश्राम लिने उनको योजना छ ।

पर्यटन विभाग स्रोतका अनुसार कामिरिता मंगलबार बिहान ६ः३८ मा सगरमाथाको शिखरमा पुगेका हुन् । उनी भारतीय आरोहण दलको नेतृत्व गर्दै यस पटक सगरमाथा शिखरमा पुगेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोकमा जन्ती सवार बस भीरमा खस्यो : तीन जनाको घटनास्थलमै मृत्यु, ५२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको …

प्रतिकृया दिनुहॊस